प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडाैं | चैत २७, २०७९

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं:  संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ।

 

संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। 

 

राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिसौं प्रतिवेदन, २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ। 

 

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

 

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  २०७८÷०७९ पेस गर्ने कार्यसूची छ। 

 

त्यस्तै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक  २०७८ मापत विचार गरियोस्,’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्